रसुवा बाढीपीडितका लागि राजेन्द्र राउतद्वारा ११ लाख रुपैयाँ सहयोग

Share this
1.78Kshares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०९:२६

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रसुवामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि ११ लाख रूपैयाँ सहयोग गरेका छन् ।

राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले आफ्नो व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएका छन् । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको राउतले बताए ।

Advertisement

राउतको व्यक्तिगत सहयोगका बारेमा जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थालाई पनि आग्रह गरेको छ । महासंघ कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ । महासंघले प्रभावित क्षेत्रमा घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, घरबारविहीन परिवारलाई तत्काल सुरक्षित आवास उपलब्ध गराउन तथा खाद्यान्नलगायत आवश्यक राहत सामग्रीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×