बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १९:२९
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि उद्योग संगठन मोरङले आर्थिक सहयोग उपलब्ध गराएको छ । संगठनले मानवीय सहायता स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १५ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । बाढीका कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष राठीले यस संकटको घडीमा निजी क्षेत्र नागरिकको साथमा रहेको बताए ।

Advertisement

‘निजी क्षेत्र आर्थिक गतिविधिको संवाहक मात्र नभई समाजको अभिन्न अंग पनि हो । राष्ट्रले पीडा भोग्दा निजी क्षेत्रले पनि त्यसलाई महसुस गर्छ,’ अध्यक्ष राठीले भने, ‘बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्‍त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ ।’

संगठनले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विस्थापित नागरिकहरूको सुरक्षित पुनर्स्थापनामा जोड दिएको छ । साथै, संगठनले आफ्ना सम्पूर्ण सदस्य उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूलाई समेत राष्ट्रिय दुःखको यस समयमा आफ्नो क्षमता र सामर्थ्य अनुसार सरकारी राहत कोषमा हातेमालो गर्न अपिल गरेको छ ।

प्रभावित नागरिकहरूको जीवनमा पुनः आशा र मुस्कान फर्काउन सबै नेपालीहरू एकजुट भएर उभिनुपर्नेमा संगठनले जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
एभरेस्ट कलेजमा  ‘साइन्स सेमिनार’ सम्पन्न
एभरेस्ट कलेजमा  ‘साइन्स सेमिनार’ सम्पन्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×