रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार २०:२०
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको तलब कट्टा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा राष्ट्रसेवक कर्मचारीहरूको २ देखि १० दिनसम्मको पारिश्रमिक कट्टा गरी करिब ३६ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको हो ।

Advertisement

नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले सिंहदरबारमा मुख्यसचिव र विषयगत मन्त्रालयका सचिवहरूसँग आपत्कालीन बैठक बोलाएका थिए । सोही बैठकले कर्मचारीको श्रेणीअनुसार निश्चित दिनको तलब योगदान गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्‍याउन निर्देशन दिएका छन् । विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्ने, व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गरिनुपर्ने तथा महिला, बालबालिका र वृद्धवृद्धालाई विशेष सुरक्षा र सम्मानका साथ राख्न प्रधानमन्त्रीले आदेश दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनानुसार मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले राष्ट्रसेवक कर्मचारीहरूको भदौ महिनाको तलबबाट श्रेणीविहीन कर्मचारीको २ दिन, राजपत्र अनंकितको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको ७ दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीको १० दिन बराबरको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको छ ।

यसबाट संघीय सरकारका कर्मचारीबाट मात्रै करिब ३६ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ भने प्रदेश सरकार, स्थानीय तह र सार्वजनिक निकायका कर्मचारीहरूलाई समेत सोहीबमोजिम कोषमा योगदान गर्न आह्वान गरिएको छ ।

विपद् व्यवस्थापन कार्यलाई चुस्त बनाउन कर्मचारीहरूलाई सार्वजनिक बिदाका दिनमा समेत काममा खटाइने व्यवस्था मिलाइएको छ । साथै, विपद्को अवस्थालाई ध्यानमा राखी अत्यावश्यक काम बाहेक कर्मचारीहरूको काज खटाउन र बिदा स्वीकृत गर्न रोक लगाइएको छ । हाललाई प्रदेश र स्थानीय तहका कर्मचारीलाई केन्द्रमा बोलाएर गरिने गोष्ठी, सेमिनार र तालिमहरू समेत स्थगित गरिएको छ ।

यसैगरी, बाढीका कारण क्षतिग्रस्त भएका सडक, पक्की पुल, विद्युत्, खानेपानी र दूरसञ्चारलगायतका अत्यावश्यक पूर्वाधार तथा सार्वजनिक सेवाहरू तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई युद्ध स्तरमा काम अघि बढाउन निर्देशन दिइएको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×