ट्रम्पद्वारा नेपाललाई सहयोगको घोषणा

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०६:३२

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति र भौतिक संरचनामा व्यापक क्षति भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

बाढीपहिरोका कारण नेपालका सडक, भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । विपद्का बेला नेपालमा रहेका आफ्ना दर्जनौँ नागरिकको सुरक्षा अवस्थाका बारेमा जानकारी लिन र उनीहरूको अवस्था पुष्टि गर्न अमेरिकी अधिकारीहरू सक्रिय रूपमा लागिरहेको फक्स न्यूजले जनाएको छ ।

Advertisement

राष्ट्रपति ट्रम्पले नेपालमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले नेपालसँग सम्पर्क गरी आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको बताएका छन् ।

ट्रम्पका अनुसार नेपालमा निकै बलिया र मजबुत संरचना तथा भवनसमेत बाढीपहिरोमा नराम्ररी प्रभावित भएका छन् । उनले यस्तो अवस्था निकै भयानक र दुःखद भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×