रसुवा बाढीः ताप्लेजुङका ५ मध्ये ३ जना सम्पर्कमा 

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १२:०५

ताप्लेजुङ । रसुवा र नुवाकोट क्षेत्रका त्रिशूली तथा भोटेकोशी लगायतका नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका ताप्लेजुङका ५ जनामध्ये ३ जना परिवारको सम्पर्कमा आएका छन् ।

आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ३ जना युवा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन् । सो क्षेत्रका जलविद्युत आयोजनाहरूमा काम गर्न गएका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा सम्पर्कमा आएको आठराई त्रिवेणी गाउँपालिकाकी कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन् ।

Advertisement

कार्यपालिका सदस्य गुरुङका अनुसार उनीहरू बाढीबाट जोगिन भागेर ज्यान जोगाउन सफल भएका हुन् । ‘भाइहरू भागेर बाँच्न सफल हुनुभएछ, आज बिहान मात्रै परिवारसँग कुराकानी भएको छ,’ गुरुङले भनिन् ।

ताप्लेजुङका ५ जना बेपत्ता भएकोमा अन्य २ जना भने अझैसम्म परिवारको सम्पर्क बाहिर रहेका छन् । नुवाकोटस्थित त्रिशूली–३  ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका भीष्म चापागाईं र फुङलिङ नगरपालिका–९ हाङदेवाका दुर्गा भट्टराई (दिवस) अहिलेसम्म सम्पर्कमा नआएको परिवारजनले बताएका छन् । बेपत्ता दुवै जनाको अवस्था अज्ञात रहेकाले खोजी र सम्पर्कका लागि पहल भइरहेको छ ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×