विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १२:२०

विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित धान खेतमा आज (शनिबार) बिहान सालनालसहितको नवजात शिशु फेला परेको छ ।

प्रहरीका अनुसार बिहान करिब ९:४० बजे सेतो प्लास्टिकको बोराभित्र नवजात शिशु रोइरहेको स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

सूचना पाएलगत्तै प्रहरी चौकी बरगाछीबाट प्रहरी सहायक निरीक्षक पुष्प पोखरेलको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा शिशुको उद्धार गरेको थियो ।

उद्धार गरिएको नवजात शिशु (छोरा) लाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । उपचाररत शिशुको अवस्था सामान्य र स्वास्थ्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली खटिएको छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×