
झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए ।
समाजले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका राष्ट्रिय समितिहरू विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय रहेको जनाइएको छ ।



















