सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १४:३०

काठमाडौं । बाढी प्रभावित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि व्यापारिक घटराना सारडा ग्रुप तथा आबद्ध कम्पनीहरूले नगद तथा विभिन्न सामग्री सहयोग गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा सारडा तथा राठी ग्रुपका तर्फबाट १ करोड १ लाख रुपैयाँ सहयोग गरिएको हो । उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

त्यस्तै, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा प्रयोग हुने गरी शिवम सिमेन्टले ११ हजार बोरा सिमेन्ट उपलब्ध गराएको छ । सारडा ग्रुपअन्तर्गतको शिवम् होल्डिङले थप २१ लाख रुपैयाँ सहयोग गरेको सारडा ग्रुपका अध्यक्ष पवन शारडाले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, ग्रुपका निर्देशक गौरव सारडा, राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी तथा शिवम् सिमेन्टका निर्देशक रघुनन्दन मारु सहभागी थिए । सारडा ग्रुपले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत सहयोग पुर्याउने उद्देश्यले नगद, निर्माण सामग्री र खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।

यसअघि पनि सारडा ग्रुपका प्रबन्ध निर्देशक पवन सारडाले एसियन थाइ फुड्सका तर्फबाट बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि ६० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए । सारडा ग्रुप तथा आबद्ध कम्पनीहरूले विपद् प्रभावित नागरिकका लागि तत्कालीन राहतदेखि पुनर्स्थापना र पुनर्निर्माणसम्म विभिन्न चरणमा सहयोग उपलब्ध गराएका छन् ।

तपाइको प्रतिक्रिया
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×