विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने

Share this
697shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ भाद्र १५, सोमबार १४:४४

विराटनगर । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन विराटनगर)ले भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाउने भएको छ ।

नेपाली मौलिक संस्कृति तथा सनातन वैदिक परम्पराको संरक्षण र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा करिब १५ हजार भक्तजन तथा श्रद्धालु सहभागी हुने आयोजकको अनुमान छ । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै इस्कोन विराटनगरले जन्माष्टमीका अवसरमा मंगला आरती, मन्त्रजप, शृङ्गार दर्शन, पुष्प पूजा, श्रीकृष्ण कथा, भगवान् श्रीराधाकृष्णको महाअभिषेक, सांस्कृतिक कार्यक्रम, कीर्तन तथा आरतीलगायत कार्यक्रम गरिने जनाएको छ ।

Advertisement

महोत्सवमा हालैका बाढीपहिरोबाट दिवंगत भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष प्रार्थनासमेत गरिनेछ । आयोजकका अनुसार करिब १५ हजार भक्तजनका लागि महाप्रसादको व्यवस्था गरिनेछ । कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन भक्तजन, शुभेच्छुक तथा सर्वसाधारणको स्वेच्छिक सहयोगबाट गरिनेछ ।

इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशी (भक्ति आनन्द दास)ले जन्माष्टमी महोत्सवलाई सभ्य, व्यवस्थित र भक्तिमय बनाउन सबै भक्तजन, श्रद्धालु तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेका छन् । महोत्सव बिहान ४ः३० बजे मंगला आरती तथा मन्त्रजपबाट सुरु भई राति १०८ भोग अर्पणसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
बाढीपछि अब के गर्ने ?
मोरङमा सामूहिक बलात्कार : लामो समयपछि एक जना पक्राउ, दुई जनाद्वारा अदालतमा आत्मसमर्पण
बाढी प्रभावित क्षेत्रबाट झापाका ८ जनाको सकुशल उद्धार, अरूको खोजी हुँदै
विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, बाढीपहिरो प्रभावितका लागि विशेष प्रार्थना गरिने
अमेरिकामा सांगीतिक कार्यक्रम गरी बाढीपीडितका लागि २१ लाख सहयोग
सारडा ग्रुपको विपद् सहयोग : नगददेखि सिमेन्टसम्म
बाढीपहिरो प्रभावितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
बाढी प्रभावितका लागि अष्ट्रेलियाले थप ३० लाख डलर सहायता दिने
सुरुङमा कोही भेटिएनन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×