झापा गाउँपालिकाले बाढीपीडितका लागि २५ लाख सहयोग गर्ने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ११:१९

झापा । झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइन् ।

Advertisement

उनका अनुसार सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ रुपैयाँ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ संकलन गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×