सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १०:३६
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

विराटनगर । सुनसरीका अलगअलग स्थानबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकखण्डबाट २८ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

Advertisement

गाँजासहित मोटरसाइकल चालक सुनसरीको देवानगन्ज गाउँपालिका–३ का २३ वर्षीय एम.डी जावेद मियाँलाई मगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कोशी गाउँपालिका–१ लौकहीबाट पनि गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले मधुवनबाट लौकहीतर्फ जाँदै गरेको ना. ६० प ५३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १७ किलो १४० ग्राम गाँजा बरामद गरेको हो ।

गाँजासहित मोटरसाइकल चालक भारतको सुपौल पञ्चायत फत्तेपुर–१ का २१ वर्षीय दीपककुमार पोदारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×