बाढीपीडितलाई थप साढे ६ करोड

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १३:०८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीय तहका लागि सरकारले थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले थप रकम दिने निर्णय गरेको हो । यसअघि प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । थप रकमसमेत जोडिएपछि बाढी प्रभावित स्थानीय तहका लागि विनियोजित कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

Advertisement

निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ दिइनेछ । उत्तरगया गाउँपालिकाले १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाले २ करोड, कालिका गाउँपालिकाले ६० लाख र आमाछोदिङमो गाउँपालिकाले ४० लाख रुपैयाँ पाउनेछन् ।

नुवाकोटका चार स्थानीय तहका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ । विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यस्तै, धादिङका चार स्थानीय तहलाई १ करोड ८० लाख रुपैयाँ दिइनेछ । गल्छी गाउँपालिकाले ६० लाख, सिद्धलेक गाउँपालिकाले ४० लाख, गजुरी गाउँपालिकाले ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाले ४० लाख रुपैयाँ पाउनेछन् ।

गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकाका लागि ४०–४० लाख रुपैयाँ छुट्याइएको छ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । प्रभावित क्षेत्रमा अहिले पनि राहत, खोज तथा उद्धार र पुनर्स्थापनाबमृ
काम भइरहेका छन् ।

यस्तो छ प्राधिकरणको निर्णय

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×