माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १६:३१
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा गत बुधबार आएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन् ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले आज (बुधबार) विज्ञप्ति जारी गरेर मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका ३८५ जना सम्पर्कविहीन भएको जनाएको छ ।

Advertisement

हाइड्रो मेकानिकल तथा इलेक्टो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन छन् । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना जना अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेको जनाइएको छ ।

कम्पनीका अनुसार सम्पर्कविहीन रहेकामध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ । कम्पनीका अनुसार माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट भने ८७६ जनाको उद्धार गरिएको छ ।

यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा थियो । यो आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कम्पनीका अनुसार बाढीले आयोजनाको निर्माण सम्पन्न हुनलागेको बाँधलगायतका संरचना र कार्यालय तथा आवास क्षेत्र पूर्णरूपमा बगाएको छ ।

बाढी आउनुअघि पूर्व सूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको जनाएको छ । आयोजनामा त्यो बेला एक हजार ४३३ जना जनशक्ति कार्यरत रहेका थिए ।

त्यसमध्ये प्रवर्द्धक कम्पनीको तर्फबाट २७ जना, परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्टकातर्फबाट २० जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ७८, मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनकातर्फबाट एक हजार ६९ जना र इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोकोतर्फबाट २३९ जना आयोजनामा स्थलमा कार्यरत थिए ।

कम्पनीले विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम तथा थप पहिरोको सम्भावना, प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको जनाएको छ । कम्पनीले अझै पनि उद्धारका कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
विपद्को राहत र उद्धारमा नेपाललाई निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता
नेपाल स्टक एक्सचेन्ज
बढ्यो नेप्से परिसूचक
 विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
विनाशकारी बाढीपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×