बढ्यो नेप्से परिसूचक

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १६:५४
नेपाल स्टक एक्सचेन्ज

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (बुधबार) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अङ्कले बढेर ४४९ दशमलव १८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अङ्कले बढेर १७४ दशमलव १९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अङ्कले बढेर १५१ दशमलव ६१ मा पुगेको छ ।

Advertisement

आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ । आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग
बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग
विपद्को राहत र उद्धारमा नेपाललाई निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता
नेपाल स्टक एक्सचेन्ज
बढ्यो नेप्से परिसूचक
 विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
विनाशकारी बाढीपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×