
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका एक अधिकृतलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
प्राधिकरणका सातौं तहका अधिकृत कृष्ण यादवलाई ५१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
विद्युत जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई इटहरी–विराटनगर सडक खण्डमा पर्ने साथी फ्युज पेट्रोल पम्प नजिकैको एक होटेलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग पैसा लिँदै गर्दा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



















