बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ११:१५

विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम गरी उक्त सहयोग गरिएको हो । ‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’

Advertisement

संस्थाले भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×