
विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
मोरङको केराबारी गाउँपालिका–७ का ३३ वर्षीय कमल राईलाई लागुऔषधसहित पक्रउ गरेका मोरङ प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



















