फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ११:३५
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय मोरङबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका १५ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा आआफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार विराटनगर–६ का प्रमोदकुमार स्वर्णकारलाई चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएको थियो ।

त्यस्तै, जुवा मुद्दामा सजाय सुनाइएका विराटनगर महानगरपालिका–२ का १० जना पक्राउ परेका छन् । जसमा ३७ वर्षीय राघव बियानीलाई ५ हजार, ३९ वर्षीय विनीत लावतीलाई ५ हजार, ३८ वर्षीय शेर सिंह दुगडलाई ५ हजार, ३९ वर्षीय बलराम भन्ने हेमबहादुर खत्रीलाई ५ हजार, ४९ वर्षीय महेश राठीलाई ५ हजार, ४९ वर्षीय सुशील मुन्धडालाई ५ हजार, ४९ वर्षीय पवनकुमार शर्मालाई ५ हजार, ५० वर्षीय बासु भन्ने नीरज राठीलाई ५ हजार र ४७ वर्षीय बजरंग राठीलाई ५ हजार जरिवाना हुने फैसला भएको छ । त्यस्तै, ७० वर्षीय वंशीकुमार राठीलाई १० हजार रुपैयाँ जरिवानाको फैसला कार्यान्वयनका लागि बुझाइएको छ ।

त्यसैगरी, अभद्र व्यवहार मुद्दामा विराटनगर–४ का २३ वर्षीय सुगम भन्ने शुभम केशरीलाई ४ हजार, विराटनगर–६ का ४२ वर्षीय  बब्लु भन्ने सहिद हुसेनलाई ४ हजार, विराटनगर–३ का ३० वर्षीय कृष्ण पोखरेललाई ५ हजार र विराटनगर–८ का ३७ वर्षीय संजय मण्डललाई ४ हजार रुपैयाँ जरिवानाको फैसला कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×