
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ४ दशमलव ६६ अंकले बढेर २ हजार ५४२ दशमलव ७७ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ३१ अंकले बढेर ४४९ दशमलव ५० अंकमा पुगेको छ ।
फ्लोट सूचक शून्य दशमलव १५ अंकले बढेर १७४ दशमलव ३५ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अंकले बढेर १५१ दशमलव ७३ अंकमा पुगेको छ । आज (बिहीबार) विभिन्न कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँ पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको छ भने ४ उपसमूह घटेको छ । कुल २७८ कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर र आशा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस्तै, पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।



















