सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढ्यो

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ११:११
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ । १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्रामको मूल्य ४ हजार १ सय ३ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×