
विराटनगर । नेपालका लागि ‘एथर’ इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जीले विराटनगरमा १४ औँ ‘एथर एक्सपिरियन्स सेन्टर’ साेरूम सञ्चालनमा ल्याएको छ । विराटनगर–३ स्थित पिपल चोकमा एक विशेष कार्यक्रमका बीच साेरूमको औपचारिक उद्घाटन गरिएको हो। एथरले आफ्नो देशव्यापी सञ्जाल विस्तार गर्ने लक्ष्य अनुरूप विराटनगरमा यो सुविधा सम्पन्न शोरूम खोलेको जनाएको छ ।
सम्वेग थापा र प्रोज्ज्वल पौडेल सञ्चालक रहेको यस साेरूममा एथरका विभिन्न मोडेलका स्कुटरहरू प्रदर्शनी र टेस्ट राइडका लागि उपलब्ध छन् । यहाँ एथरका स्कुटरहरूको मूल्य ३ लाख १४ हजार रुपैयाँदेखि ४ लाख ३४ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।
विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोजनका लागि उपयुक्त ‘रिज्टा’ मोडेलका स्कुटरहरू ग्राहकको मुख्य रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।
वैद्य इनर्जीका मार्केटिङ हेड सलमान खानका अनुसार एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, इन्फिनाइट क्रुज र भ्वाइस इन्टरयाक्सन जस्ता अत्याधुनिक प्रविधि जडान गरिएका छन्। ‘हामीले बिक्री मात्र नभई ग्राहकलाई उत्कृष्ट ओनरसिप एक्सपेरियन्स र चार्जिङ इकोसिस्टम प्रदान गर्ने लक्ष्य राखेका छौँ,’ खानले भने ।
विराटनगर शोरूम उद्घाटनको अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष ‘ओपनिङ अफर’ समेत सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले ८ वर्षको ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा र पुरानो स्कुटर साटफेर गर्दा ८ हजार रुपैयाँसम्मको थप मूल्यांकन प्राप्त गर्न सक्नेछन्। यो योजना आगामी भदौ २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
एथरले हाल नेपालभर ५० भन्दा बढी चार्जिङ स्टेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालन गर्दै आएको छ।



















