
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।



















