क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ११:४९
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं । वीरगन्जको गण्डकस्थित  ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोबाट प्रहरीले एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव रहेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार उनीहरूसँगै चन्दन सहनी र ओम प्रकाश बैठा लगायत ८ जना पक्राउ परेका हुन् । नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न कानुनी प्रतिबन्ध रहे पनि उनीहरू त्यहाँ खेलिरहेको अवस्थामा फेला परेका थिए । पक्राउ परेका सबैमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×