लागुऔषधसहित झापा, तेह्रथुम र मोरङबाट ४ जना पक्राउ

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १४:२४
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ

विराटनगर । झापा, तेह्रथुम र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानमा शनिबार गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

झापाको मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर–१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै, प्रहरी चौकी शरणामतीले बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

Advertisement

तेह्रथुमको अस्थायी प्रहरी पोष्ट चित्रेले धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २९ वर्षीय सुजित भण्डारीलाई ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेटसहित पक्राउ गरेको छ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ बाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले कानेपोखरी गाउँपालिका–४ का ३४ वर्षीय राजकुमार लिम्बूलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×