मोरङको उर्लाबारीबाट दुई जना युवा पक्राउ

Share this
826shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १५:३८
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 

विराटनगर । मोरङको उर्लाबारीबाट प्रहरीले आइतबार दुई जना युवालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ का ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन् । उर्लाबारी–२ बल्लु चोकस्थित आफ्नै घरको कोठाबाट लागुऔषधको कारोबार गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले दर्जीको घरमा छापा हानेको थियो ।

Advertisement

घरको कोठा खानतलासी गर्दा १९ वटा पोका बनाएर सिरानीमुनि राखेको अवस्थामा १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार ब्राउन सुगर बरामद भएपछि दर्जीलाई पनि पक्राउ गरिएको छ ।

त्यस्तै, धिमालको शरीर खानतलासी गर्दा साथबाट १ ग्राम ब्राउन सुगर बरामद भएको मिश्रले बताए । कालो प्लास्टिकमा १९ वटा पोका बनाएर पाइन्टको गोजीमा राखेको अवस्थामा ब्राउन सुगर फेला परेपछि धिमाललाई पनि पक्राउ गरिएको जानकारी उनले दिए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक
बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
मोरङको उर्लाबारीबाट दुई जना युवा पक्राउ
फ्रान्सेली विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सरको ऐतिहासिक जित
भानु कलेजको प्रतियोगितामा स्वस्तिका र समा प्रथम
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
लागुऔषधसहित झापा, तेह्रथुम र मोरङबाट ४ जना पक्राउ
बाढी प्रभावितलाई सहयोग र पुनर्निर्माणमा नेपाल–कोरिया छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×