राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १७:४४

विराटनगर । विराटनगरमा सम्पन्न ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको छ । उक्त भेटी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको छ ।

रथयात्राका क्रममा संकलित भेटी रकमको आइतबार बिहान गणना गरिएको हो । श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार भक्तजनबाट कुल २ लाख ८२ हजार ४१८ रुपैयाँ संकलन भएको छ ।

Advertisement

समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय लिएको हो । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने जानकारी रेग्मीले दिए ।

भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । सोही अभियानमा सहयोग पुर्याउने उद्देश्यले रथयात्रामा संकलित भेटी रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए ।

रथयात्राका क्रममा बाढीपीडितका लागि तीनवटा छुट्टाछुट्टै दानपेटिका राखिएको थियो । त्यसबाहेक खट र रथमा चढाइएको रकमसमेत बाढीपीडितका लागि उपलब्ध गराइने भएको छ ।

रथयात्रामा हुने अत्यधिक भिडभाड र सुरक्षा व्यवस्थाका कारण दर्शनार्थीले सिधै खट तथा रथमा भेटी चढाउन नपाउने भएकाले राहत संकलनका लागि छुट्टै दानपेटिका राखिएको समितिका संयोजक रेग्मीले बताए । उनका अनुसार रथयात्राका क्रममा श्रद्धालु भक्तजनले आस्थापूर्वक चढाएको भेटीलाई यसपटक सामाजिक सेवामा लगाउने निर्णय गरिएको हो ।

‘रथयात्रामा श्रद्धालु भक्तजनबाट संकलन भएको भेटीलाई यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरेका छौँ । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी भोटेकोशी बाढीपीडितको राहतमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ रेग्मीले भने ।

समितिले धार्मिक आस्थासँग जोडिएको रथयात्राबाट संकलित रकम विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गरेर धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वको सन्देश दिन खोजेको छ । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट आयोजना हुँदै आएको राधाकृष्ण् रथयात्रा यस वर्ष ५९औँ संस्करणका रूपमा सम्पन्न भएको हो ।

रथयात्रामा ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । रथयात्राका क्रममा संकलित भेटी रकम विपद्मा परेका नागरिकका लागि प्रदान गर्ने निर्णयले धार्मिक आस्थासँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई समेत जोडेको समितिको भनाइ छ ।

तपाइको प्रतिक्रिया
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त
बालेनको अमेरिका भ्रमणमा ११ जनाभन्दा बढी नहुने, महासभामा जलवायु विपद्को मुद्दा उठाउने
पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक
गगन–शेखर भेटवार्ताः पार्टी एकढिक्का बनाउने विषयमा छलफल
जोशीलाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×