बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १९:२७
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु

रसुवा । बाढी प्रभावित रसुवाका गाउँबस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । ड्रोन ढुवानी सेवाको पहिलो दिन आज (आइतबार) स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले खाद्यान्न ढुवानी गरिएको छ । आज १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको अधिकारीले बताए ।

Advertisement

यसैगरी, आज टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडागाउँ क्षेत्रमा एक गरी सिम्रिक एयरका छ वटा हेलिकप्टर उडानमार्फत शव व्यवस्थापनका लागि नुवाकोटको विदुर पठाइएको छ ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ वटा शव सङ्कलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
जनकपुर बोल्ट्सबाट अलग भए उत्सव सिग्देल
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
न्यायाधीश नियुक्तिको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ: डा. विपिन अधिकारी
राधाकृष्ण रथयात्राको भिडमा प्रहरीको ‘एक्सन’, १७ जनामाथि अनुसन्धान हुँदै
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त
बालेनको अमेरिका भ्रमणमा ११ जनाभन्दा बढी नहुने, महासभामा जलवायु विपद्को मुद्दा उठाउने
पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×