सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ११:१२
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×