इलामका प्रनिश राई यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटमा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १४:१२
इलामका प्रनिश राई यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटमा

इलाम । माईजोगमाई गाउँपालिका–५ का युवा फुटबल खेलाडी प्रनिश राई नेपाली यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक २० खेलाडीमा छनोट भएका छन् । विश्वस्तरीय यू–१५ प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको छनोट प्रक्रियाका विभिन्न चरण पार गर्दै प्रनिश प्रारम्भिक टोलीमा पर्न सफल भएका हुन् ।

सानै उमेरदेखि फुटबल खेल्दै आएका प्रनिश अहिले एन्फा एकेडेमी धरानमा प्रशिक्षणरत छन् । दुई वर्षअघि यू–१३ छनोटमा सफलता पाएपछि उनी एन्फा एकेडेमीमा आबद्ध भएका थिए । त्यसयता नियमित प्रशिक्षण र प्रतियोगितामा सहभागी हुँदै आएका उनले यू–१५ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा स्थान बनाएका हुन् ।

Advertisement

माईजोगमाईबाट यू–१५ राष्ट्रिय टोलीको प्रारम्भिक २० खेलाडीमा पर्न सफल उनी एक्ला खेलाडी हुन् । उनको छनोटले स्थानीय खेलकुद क्षेत्रमा समेत उत्साह थपिएको छ । प्रनिशको परिवार पनि खेलकुदसँग जोडिएको छ । उनका बुबा प्रविन राई एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी तथा माईजोगमाई खेलकुद परिषद्का पूर्वअध्यक्ष हुन् । हाल उनी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा खेल प्रशिक्षकका रूपमा कार्यरत छन् ।

प्रारम्भिक टोलीमा स्थान बनाएसँगै प्रनिशका लागि अब अन्तिम राष्ट्रिय टोलीमा पर्नुपर्ने चुनौती छ । स्थानीय मैदानबाट सुरु भएको उनको फुटबल यात्रा राष्ट्रिय टोलीको ढोकासम्म पुगेको छ । अन्तिम टोलीमा छनोट हुँदै अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्यमा उनी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×