बाढीबारे अफवाह फैलाएर अरुलाई होच्याएको आरोपमा पक्राउ

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १४:४६
बाढीबारे अफवाह फैलाएर अरुलाई होच्याएको आरोपमा पक्राउ

विराटनगर । भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामाजिक सञ्जाल फेसबुक रिलमार्फत प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले विपत्तिका बेला अनेक खालका अफवाह फैलाउने, अरुलाई निन्दा गर्ने र आस्थामा प्रहार गर्ने जस्ता काम नगर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×