झापाको ‘मेची क्राउन’ होटलद्वारा बाढीपीडितका लागि २६ लाख सहयोग

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १५:३७
झापाको 'मेची क्राउन' होटलद्वारा बाढीपीडितका लागि २६ लाख सहयोग

काठमाडौं । झापाको धुलाबारीस्थित पाँचतारे होटल ‘मेची क्राउन’ ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री खड्गप्रसाद पौडेल ‘गणेश’ लाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।

Advertisement

विपद्को कठिन अवस्थामा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा केही योगदान पुग्ने अध्यक्ष सापकोटाले बताएका छन् ।

कोशी प्रदेशकै उच्चस्तरीय सेवा–सुविधा भएको होटलका रूपमा परिचित मेची क्राउन भारतीय पर्यटकमाझ पनि लोकप्रिय छ । विशेषगरी विवाह, पारिवारिक समारोह तथा अन्य जमघटका लागि होटल रोजाइमा पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×