प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १८:०४

विराटनगर । लागुऔषध गाँजा बरामद भएको भ्यानबाट प्रमाण नष्ट गर्न खोजेको आरोपमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको ‘दिव्य ज्योति अस्पताल’ को स्टिकर टाँसिएको को १ च ६६२० भ्यानबाट यादवले अनधिकृत रूपमा प्रहरी कार्यालय परिषरभित्र प्रवेश गरी स्टिकर उक्काएको सिसी क्यामरा फुटेजमा देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

अखिल क्रान्तिकारीबाट निर्वाचित यादवमाथि सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भदौ १६ गते राति ११ बजेतिर विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले उक्त भ्यानबाट ५९.२९० केजी गाँजा बरामद गरेको थियो । बरामद गरिएको गाँजा र भ्यानलाई कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीलाई सशस्त्र प्रहरीले बुझाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×