मोरङ प्रहरीको ‘हटलाइन’ अस्थायी रूपमा बन्द, वैकल्पिक नम्बरको व्यवस्था

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १७:४७

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गर्दै आएको १०० नम्बरको प्रहरी ‘हटलाइन’ सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको छ ।

परिचालन कक्षमा सञ्चालनमा रहेका पाँचवटा १०० नम्बरका ‘हटलाइन’ टेलिफोनको प्राविधिक स्तरोन्नतिको काम भइरहेकाले सेवा केही समयका लागि बन्द हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार सूचना जारी गर्दै स्तरोन्नति कार्य अवधिभर आकस्मिक सेवा तथा प्रहरीसँग सूचना आदानप्रदान गर्न वैकल्पिक नम्बरको व्यवस्था गरिएको जनाएको छ ।

Advertisement

उक्त अवधिभर १०० नम्बरको सट्टा वैकल्पिक सम्पर्क नम्बर प्रयोग गर्न मोरङ प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीका अनुसार आकस्मिक अवस्थामा परिचालन कक्ष तथा ड्युटी अधिकृतको मोबाइल नम्बर ९८५२०३७९०२ र ९८५२०२६७५० मा सम्पर्क गर्न सकिनेछ । त्यसैगरी आकस्मिक सूचना पठाउन नेपाल प्रहरीको मोबाइल एपसमेत प्रयोग गर्न सकिने छ ।

सर्वसाधारण नागरिकको सुरक्षा तथा आकस्मिक सेवालाई थप प्रभावकारी, छिटो र भरपर्दो बनाउने उद्देश्यले १०० नम्बरका टेलिफोनको प्राविधिक स्तरोन्नति गर्न लागिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । स्तरोन्नति कार्य सम्पन्न भएपछि १०० नम्बरको प्रहरी हटलाइन सेवा थप सहज र सुदृढ रूपमा सञ्चालनमा आउने जानकारी उनले दिए ।

१०० नम्बर सेवा अवरुद्ध हुँदा सर्वसाधारणमा केही असुविधा परे पनि आकस्मिक अवस्थामा वैकल्पिक सम्पर्क नम्बर प्रयोग गर्न अनुरोध गरिएको एसपी कटवालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
भोटेकोशी बाढीपीडितका लागि सीजी फुड्सका श्रमिक र कर्मचारीले दिए एक दिनको पारिश्रमिक
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
मोरङ प्रहरीको ‘हटलाइन’ अस्थायी रूपमा बन्द, वैकल्पिक नम्बरको व्यवस्था
आमा पहिल्यै गुमाएका दुई बालकबाट आन्दोलनले बाबु पनि खोस्यो
पूर्वप्रधान न्यायाधीश जबराविरुद्धको रिट खारेज
हत्कडीको नियमित प्रयोगविरुद्ध सर्वोच्चमा रिट
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
मनोसामाजिक परामर्शपछि मात्रै बाढी प्रभावित विद्यालयमा नियमित कक्षा
आगजनीको घाउ मेटाउँदै कारोबारमा फर्कियो धरानको भाटभटेनी
नेपाल कानुन आयोग विधेयक संसदमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×