प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १४:३२

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज (बिहीबार) बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ ।

त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ ।

Advertisement

विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ । राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब निकासा गरिएको थियो ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
पार्टी एकताका लागि अझै नरम हुन तयार छु : थापा
पुवा खोलाको मोडुलर ब्रिज एक साताभित्र सञ्चालनमा आउने
अस्पतालबाहिरै बच्चा जन्माएपछि छानबिनमा स्वास्थ्य मन्त्रालय
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी
जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः प्रचण्ड
उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
भोटेकोशी बाढीमा १ हजार ३ सय ७७ जनाको मृत्यु, ५ हजार १ सय ३० बेपत्ता
‘फैसला कार्यान्वयनमा देखिएका अस्पष्टता हटाउन सरकार गम्भीर’
उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा महासंघको आपत्ति
 एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×