चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार २०:२१
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएको छ भने मूल्यसमेत अत्यधिक बढेको छ । खुला बजारमा चिनीको मूल्य प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । उपभोक्ताले महँगो मूल्य तिर्न तयार भए पनि सहज रूपमा चिनी नपाएको गुनासो गरेका छन् । तर सरकारी स्वामित्वका व्यापारिक कम्पनीहरूले भने पर्याप्त मात्रामा चिनी मौज्दात रहेको जनाएका छन् । चाडपर्वका समयमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकारले आपूर्ति व्यवस्थापन तीव्र बनाएको जनाएको छ ।

उपभोक्तालाई सहुलियत दरमा चिनी उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मौज्दात परिचालनसँगै नयाँ आयातको प्रक्रिया अघि बढाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बजारको माग र आपूर्तिको अवस्थाको सूक्ष्म विश्लेषण गरिरहेको जनाएको छ ।

Advertisement

सरकारी कम्पनीहरूले प्रतिकिलो १०५ देखि ११० रुपैयाँसम्ममा चिनी उपलब्ध गराउँदै आएका छन् । यसबाट चाडपर्वका बेला उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । चाडपर्वलक्षित आपूर्ति व्यवस्थापनमा मुख्य भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा चिनीको अभाव हुन नदिने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल संस्थासँग करिब ३२ देखि ३३ हजार बोरा चिनी मौज्दात छ ।

त्यसैगरी, निजी क्षेत्रका स्वदेशी चिनी उद्योगबाट खरिद गर्ने निर्णय भएको १२ हजार मेट्रिक टन अर्थात् करिब २ लाख ४० हजार बोरा चिनीको सम्पूर्ण भुक्तानीसमेत पठाइसकिएको छ । तर नागढुंगा–मुग्लिन सडकका विभिन्न खण्डमा देखिएको अवरोधका कारण ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा उक्त चिनी साना ट्रकमार्फत क्रमशः काठमाडौं भित्रिरहेको राजभण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’ हुँदै 
विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’ हुँदै 
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने, अरु के के निर्णय गर्यो सरकारले ?
भोटेकोशी बाढी : पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×