मोरङको कानेपोखरी र पथरीशनिश्चरेबाट दुई जना युवा पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०६:५१
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी र पथरीशनिश्चरेबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–४ का ३७ वर्षीय सुन्दर धिमाल र पथरीशनिश्चरे नगरपालिका–८ का २९ वर्षीय अजय मगर छन् । प्रहरीले शनिबार साँझ करिब ५ः५५ बजेतिर कानेपोखरी–४ मा लागुऔषध सेवन तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट कुसलबजारबाट टोली खटाएको थियो ।

Advertisement

सो क्रममा धिमाललाई को २६ प १९०२ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा कालो झोलाभित्र लुकाइराखेको १ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, पथरीशनिश्चरे–४ स्थित केर्खा खोलाको पुलमा शंकास्पद अवस्थामा भेटिएका मगरको साथबाट २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ । उनीहरुमाथि पथरीका डीएसपी वीरदत्त पन्त नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×