बाढीले बगाएर ल्याएका गरगहना राखेको आरोपमा एक जना पक्राउ

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०९:०४
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारेपछि सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित पक्राउ गरिएको हो।

Advertisement

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो। सोही क्रममा बाढीले बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारी कसैलाई जानकारी नदिई घरमा राखेको सूचना पाएपछि बोगटीले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको जनाएको छ।

तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×