अस्करका लागि ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ११:२८

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले प्राप्त दुई नेपाली कथानक चलचित्रमध्ये ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’लाई अस्करको प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधि चलचित्रका रूपमा छनोट गरेको हो।

Advertisement

समितिका अनुसार ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’मध्ये प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो।

गहन अध्ययन तथा मूल्याङ्कनपछि एकेडेमीका मापदण्डअनुसार ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’लाई नेपालको तर्फबाट अस्करमा प्रतिस्पर्धाका लागि सिफारिस गरिएको समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्डका लागि नेपालले उक्त चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा पठाउनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×