विराटनगरपछि पोखरामा ‘सेतो धरती’

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ११:३५

काठमाडौं । अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित ‘सेतो धरती’ले काठमाडौंमा १०१ शोको कीर्तिमानी मञ्चन गरिसकेको छ। विराटनगरको आरोहण गुरुकुलमा पनि सफल मञ्चनपछि दर्शकको मागअनुसार अब पोखरामा मञ्चन गर्न लागिएको छ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशन र कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको ‘सेतो धरती’ पोखरा थिएटर, गैह्रापाटनमा आज पहिलो दिन साँझ ५ बजे मञ्चन हुनेछ। त्यसपछि अन्य दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे तीन शो मञ्चन हुने आयोजकले जनाएको छ।

Advertisement

प्राकृतिक विपत्तिका कारण केही दिन रोकिएका ‘समर लभ’ र ‘सेतो धरती’ नाटक पुनः मञ्चनमा आउने भएका छन्। दर्शकको उत्साहजनक माग र हाउसफुल शोका बीच रोकिएका यी दुवै नाटकको पुनः मञ्चन सुरु हुन लागेको हो। ‘समर लभ’ काठमाडौंको कान्तिपुर थिएटर र ‘सेतो धरती’ पोखरा थिएटरमा मञ्चन हुनेछ।

सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित ‘समर लभ’ गत साउन २९ गतेदेखि मञ्चन हुँदै आएको हो। काठमाडौंमा हालसम्म ३१ शो मञ्चन भइसकेको नाटकका सबै शो हाउसफुल भएका थिए। अभिनेता अर्पण थापाको थिएटर डेब्युसहित सागर खनाल, बासना तिमिल्सिना, बिनिता गिरीलगायत कलाकारको अभिनय रहेको नाटकलाई सम्राट भुजेलले निर्देशन गरेका छन्।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×