पीडितलाई रकम बुझाएपछि कांग्रेस नेता तारामान गुरुङ हिरासतबाट मुक्त

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १३:११

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तथा पूर्वराज्यमन्त्री तारामान गुरुङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा ८ दिन हिरासतमा बसेर रिहा भएका छन् ।

गुरुङ संखुवासभाका नेता हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बैंकिङ कसुरको आरोपमा गत भदौ १८ गते पक्राउ गरेको थियो । तीन जना व्यक्तिले उनीविरुद्ध छुट्टाछुट्टै उजुरी दिएका थिए ।

Advertisement

प्रहरीका अनुसार गुरुङले उजुरीकर्ताहरूलाई रकम बुझाएपछि हिरासतबाट रिहा भएका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले पीडितलाई रकम बुझाएर गुरुङ छुटेको जानकारी दिए ।

गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार रुपैयाँ, रिगुज्याम्पु शेर्पालाई १४ लाख रुपैयाँ र सुनुर्पु शेपालाई २४ लाख रुपैयाँ बुझाएको प्रहरीले जनाएको छ । परिसरका अनुसार गुरुङ भदौ २६ गते शुक्रबार हिरासतबाट मुक्त भएका हुन् । उनीविरुद्ध परेको बैंकिङ कसुरसम्बन्धी उजुरीमा रकम भुक्तानी भएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×