दुर्गा प्रसाईं पक्राउ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १४:१०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

काठमाडौं । विवादास्पद छविका कारण मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुदन गुरुङमाथि विभिन्न आरोप लगाउँदै आपत्तिजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले प्रसाईंलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारका बारेमा प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ ।

प्रसाईं यसअघि पनि पक्राउ परेका थिए । उनी बारम्बार पक्राउ पर्दै र छुट्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×