सरकारी पदको झुटो परिचय दिँदै धाकधम्की, झापामा युवक पक्राउ

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १९:५२
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 

झापा । आफूलाई विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाकधम्की दिने गरेको आरोपमा झापामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मुन्नाकुमार अधिकारीका अनुसार विश्वकर्माले आफू सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै विभिन्न स्थानमा आफ्नो परिचय दिने गरेका थिए ।

Advertisement

उनले आफू उच्च राजनीतिक तथा सरकारी जिम्मेवारीमा रहेको दाबी गर्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने र आफ्नो पद तथा पहुँच देखाएर दबाब तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका क्रममा उनले दाबी गर्दै आएको रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले विश्वकर्माविरुद्ध झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिएर कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
५२ जना उपसचिव र शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचिसहित)
कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट दरपिठ
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
सरकारी पदको झुटो परिचय दिँदै धाकधम्की, झापामा युवक पक्राउ
मोरङको बूढीगंगामा दुर्घटना, सशस्त्रका सहायक हवल्दारको मृत्यु
प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी काठमाडौंमा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×