
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ थियो ।



















