
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
विनय त्रिवेणी गाउँपालिका–३ का ४३ वर्षीय शेरबहादुर विकलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेरबहादुरले धारिलो हतियार खुर्पा प्रयोग गरी श्रीमतीको हत्या गरेको हुन् ।
४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरी टोली घटनास्थलबाटै शेरबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे भने प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ
पक्राउ परेका शेरबहादुरमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























