घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १३:४६

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको काम दिलाइदिने भन्दै उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ । उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत हाल्न लगाएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

Advertisement

अख्तियारका अनुसार पदीय जिम्मेवारीको दुरुपयोग गर्दै उपाध्यक्ष राईले छोरा सुनिलसँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैयाँ रिसवत लिएको पाइएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले उपाध्यक्ष राईलाई सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ ।

त्यस्तै, सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिई प्रयोग गरेको अख्तियारले जनाएको छ। उनको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले उपाध्यक्ष राई र उनका छोरा सुनिलविरुद्ध मागदाबीबमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×