अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १७:५०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले बाढीपहिरो प्रभावितका लागि ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा सहयोग गरेका छन् ।

आयोगका अनुसार भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।

Advertisement

आयोगका पदाधिकारीको १५ दिनको, आयोगका सचिवको १० दिनको, आयोग र मातहत कार्यालयका निजामती तथा प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीको १० दिनको, उपसचिवरशाखा अधिकृत र सो सरहका कर्मचारीको ७ दिनको, राजपत्र अनंकित राष्ट्रसेवक कर्मचारीको ५ दिनको तथा श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरिएको आयोगले जनाएको छ।

कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×