स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ०९:०९
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार

जनकपुरधाम । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे छन्।

प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा बुधबार उक्त रकम बरामद गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसारका बयाग्रेले कपडाको पेटीभित्र रकम लुकाएर कम्मरमा बाँधेर राखेका थिए। शंकास्पद गतिविधि देखिएपछि मोटरसाइकल रोकेर खानतलासी गर्दा उनको साथबाट नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

बरामद रकमको स्रोत, कहाँबाट प्राप्त भएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। रकमसँग अन्य व्यक्ति वा कारोबारको सम्बन्ध रहे–नरहेकोबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बयाग्रेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत वित्तीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×