कटारीबाट गाँजा बरामद

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ११:०३
कटारीबाट गाँजा बरामद

विराटनगर । उदयपुरको कटारीबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । कटारीबाट सशस्त्र प्रहरीले बुधबार राति १ सय ३० केजी गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर हेडक्वार्टर त्रियुगाको कटारी बेस क्याम्पको टोलीले कटारी नगरपालिका–६ स्थित साँघुरीबाट १ सय ३० केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बुधबार राति खटिएको टोलीले साँघुरीदेखि करिब ५ किलोमिटर दक्षिणतर्फ चुरे जंगलमा पैदल हिँडिरहेका व्यक्तिले प्रहरीलाई देख्ना सामान छाडेर जंगलतर्फ भागेका थिए । फरार भएकाले छाडेको ५ वटा बोरा खोलेर हेर्दा गाँजा भएको प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसारमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीको जिम्मा लगाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान थालेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×