२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १३:१२

काठमाडौं । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार सार्वजनिक गरेको छ । विभागले दुई जना ग्राहकलाई जनही १० लाख रुपैयाँको बम्पर उपहार र अन्य ३१ जनालाई जनही १ लाख रुपैयाँका दरले नगद उपहार घोषणा गरेको हो ।

विभागले यसअघि हरेक १५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको थियो । तर, भदौ महिनामा आएको बाढीका कारण नियमित प्रक्रियाअनुसार घोषणा गर्न नसकिएपछि मासिक रूपमा उपहार घोषणा गरिएको विभागले जनाएको छ ।

Advertisement

भदौ महिनाको बम्पर उपहार कात्यानी पोलिक्लिनिक र सुनिता फेन्सी स्टोरबाट खरिद गर्ने दुई ग्राहकले पाएका छन् । कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई १० लाख रुपैयाँको उपहार परेको छ । त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकले पनि १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

त्यसैगरी, विभागले अन्य ३१ जना ग्राहकलाई दैनिक १ लाख रुपैयाँका दरले वितरण हुने नगद उपहारका लागि छनोट गरेको छ । विभागले करदाता तथा उपभोक्तालाई विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×