दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १३:२३

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण उत्तरी नाकामा अवरोध देखिए पनि चालु आर्थिक वर्षको सुरुआती दुई महिनामा सरकारले अघिल्लो वर्षको सोही अवधिभन्दा बढी राजस्व संकलन गरेको छ । तर, सरकारले निर्धारण गरेको लक्ष्यअनुसार भने राजस्व उठ्न सकेको छैन ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को साउन र भदौमा १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८२–८३ को भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी तुलना गर्दा यस वर्षको दुई महिनामा राजस्व संकलन अघिल्लो वर्षभन्दा करिब २५ अर्ब ८७ करोड रुपैयाँले बढी हो ।

Advertisement

भदौ महिनामा मात्रै ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा ७३ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष भदौको अन्तिम साता भएको जेनजी आन्दोलनका कारण राजस्व संकलन प्रभावित भएको थियो ।

राजस्व संकलन बढे पनि लक्ष्यअनुसारको प्रगति भने कमजोर देखिएको छ । अर्थ मन्त्रालयका अनुसार साउन–भदौमा २ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर, १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ मात्रै संकलन हुँदा लक्ष्यको ८५.९३ प्रतिशत हासिल भएको छ ।

भदौ महिनाका लागि मात्रै ९६ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । त्यसको तुलनामा ९१ अर्ब ३८ करोड रुपैयाँ उठेको छ । अर्थात्, मासिक लक्ष्यको ९४.३३ प्रतिशत राजस्व संकलन भएको हो ।

भदौ ३१ गते मात्रै ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षको भदौसम्म सरकारले २ खर्ब १८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि १ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा सरकारले कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको सुरुआतमै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उत्तरी नाकामा परेको अवरोधले व्यापार तथा आयात प्रभावित भएकाले समग्र राजस्व लक्ष्यमा समेत असर पर्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
‘भोटेकोशी बाढीलाई सामान्य हिमाली बाढीका रूपमा मात्र बुझ्न हुँदैन’
कांग्रेसमा बदलिँदै समीकरण, देउवा पक्षका नेता गगनतिर
संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन
एमाले पुनर्गठन कार्यदलमै बढ्यो मतभेद, प्रतिवेदन अल्झिँदा केन्द्रीय समिति बैठक अन्योलमा
दुई महिनामा १ खर्ब ८४ अर्ब राजस्व, लक्ष्यभन्दा ३० अर्ब कम
कारबाट ४ वटा पेस्तोल र गोली बरामद
२ सयको खरिदमै १० लाखको उपहार, भदौका करदाता प्रोत्साहन उपहार घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×